नमस्कार,
नेपालको सातवटै प्रदेशमा रक्तसंचार मोवाइल बस प्रदान गरि रगत संकलन बढाउने गैरआवासीय नेपाली संघको मेघा परियोजना अनुरुप प्रदेश नं १ मा रक्तसंचार मोवाइल बस परियोजनाको नेतृत्व गैरआवासीय नेपाली संघ क्यानडाले गरेको छ । करिव ५० लाख जनसंख्या भएको प्रदेश १ मा गत बर्ष १२ हजार रक्तदान भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जनसंख्याको २ प्रतिशत रगत संकलन भएमा औसतमा आवस्यक विरामीहरुलाई निर्वाध रुपमा रगत चढाउन सकिन्छ । यसरी हेर्दा नेपालको प्रदेश नं १ मा बार्षिक ८ हजार युनिट रगत कम संकलन भइरहेको छ । रक्तसंचार मोवाइल ब्लड बसको प्रयोगबाट रक्तदान बढ्ने भएका कारण रगत नपाएर विरामीले उपचार नपाउने जोखिम कम गर्न सकिन्छ । आपतकालिन अवस्थामा दुर्घटना स्थलमै प्राविधिक टोलिसंग पुगेर रगत चढाउन सक्ने प्रविधी समेत रहेको छ । त्यस्तै रक्तदान नभएको अवस्थामा स्वास्थ्यका अन्य क्षेत्रहरुमा पनि प्रयोग गर्न सकिने यो बसका लागी २०२२ डिसेम्वर २५ तारेख आइतबार बेलुकि नेपाल समय बेलुकी ५ः३० र टोरोन्टो समय विहान ६ः४५ बजेदेखि NRNA Electronic Payment System को उदघाटन सहित भर्चुअल फण्ड रेइजिड कार्यक्रम राखिएको छ । यो कार्यक्रममा उपस्थित भई तपाइ हामी, नाता, इष्टमित्र जो कोहिलाई पनि पर्नसक्ने आकस्मिक संकटमा ज्यान जोगाउन भुमिका खेल्ने मानविय कार्यमा सहयोग गर्नुहुन अनुरोध छ । सहयोगका लागी तलको लिंक प्रयोग गर्न सक्नुहुनेछ ।
https://nrna-donate.azurewebsites.net/campaign/af7fb859-83f2-43be-839f-468ff4e72148
Paypal:
https://www.paypal.com/donate/?hosted_button_id=KX49MXYDXH3D4
OR
etransfer more than 100 cad : women@nrnacanada.org
धन्यबाद
दिपक गौतम संयोजक, रक्तसंचार घुम्ती बस परियोजना, प्रदेश १ एवं अध्यक्ष, गैरआवासीय नेपाली संघ, क्यानडा ।
बाबुराम बानियाँ क्यानडा संयोजक, रक्तसंचार घुम्ती बस परियोजना प्रदेश १ एवं प्रोभेन्सियल संयोजक : अल्बर्टा, गैरआवासीय नेपाली संघ, क्यानडा
Mobile Blood Bus Organizing Committee
Blood Bus request from Nepal Red Cross Society